• फाल्गुन १८ २०८१, आईतवार

मुस्लिमहरुकाे रमजान रोजा आइतबारदेखि सुरु हुँदै

फाल्गुन १७ २०८१, शनिबार

काठमाडाै‌ । इस्लाम धर्माम्बलम्वीको महानपर्व रमजान रोजा आइतबार सुरु हुँदैछ । खाडी मुलुक सउदी, कतार लगायतका देशहरूमा शनिबार नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका देशमा आइतबार रोजा सुरु हुँदैछ । शनिबार साँझ मुस्लिम सामुदायले आकाशमा चन्द्रमा देखेपछि नेपालभरिका मुस्लिम समुदाय आइतबारदेखि रोजा बस्नेछन् ।

रोजा बस्नुको अघिल्लो रातिलाई चाँदको राति भन्छिन् । रमजानमा पढ्ने तराबीको नमाज राति सुरु भएको छ । रोज (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ ।

इस्लाम धर्मका  ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको  हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखेपछि रमजान सुरु हुन्छ ।

इस्लामिक महिना रमजानको ३० दिनसम्म मुस्लिम समुदायले रोजा बस्ने गर्छन् । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखेलगत्तै सुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पूर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केही नखाई निराहार रुपमा व्रत बस्नु पर्नेहुन्छ । रोजा(व्रत) मा बस्नेहरूले सूर्य उदाउनुपूर्व र सूर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् ।