• फाल्गुन १७ २०८१, शनिबार

रुपन्देहीमा गोली हानेर एक युवकको हत्या

फाल्गुन १७ २०८१, शनिबार

फागुन १७, काठमाडौं । रुपन्देहीको मायादेवीमा एक जना युवकको गोली हानेर हत्या भएको छ । मायादेवी गाउँपालिका–२, डङ्गचाहावाका २९ वर्षीय राजु भनिने राजेशसिंह लोधको गोली हानेर हत्या भएको हो ।

लोध घरमै शनिबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही डीएसपी सुरज कार्कीले जानकारी दिए । लोधको टाउकोमा दुईवटा गोली लागेको छ । दाजुभाइबीच जग्गाका विषयमा केही समयदेखि विवाद चल्दै आएको त्यही विषयलाई लिएर दाइले हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

राजुका दाजु दीपक लोध भने फरार छन् । घटना शुक्रबार राति भएको हुन सक्ने प्रहरीको अनुमान छ । शनिबार बिहान घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले बताए ।