फागुन १७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंको बलम्बु फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुंगल चोक क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धि तथा नयाँ पोल जडानका लागि विद्युत् कटौती हुने जानकारी दिएको हो । आज ११ बजेदेखि ४ बजेसम्म पाँच घण्टा ती स्थानमा बिजुली नआउने भएको हो ।
प्राधिकरणले सो फिडर अन्तर्गत वितरित स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समय भन्दाअगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी गराएको छ ।