• फाल्गुन १७ २०८१, शनिबार

गरिबी न्यूनीकरण उपलब्धि प्रति एडीबी प्रमुख अर्थशास्त्रीले गरे नेपालको प्रशंसा

फाल्गुन १६ २०८१, शुक्रबार

१६ फागुन, काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक (एडीबी) का प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवं विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण गरेको बताएका छन् । चार दिने नेपाल भ्रमणमा आएका पार्कले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा यस्तो बताएका हुन् ।

गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि दिगो तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने दिशामा रहेका चुनौती पनि उनले औंल्याएका छन् । नेपाल रेमिट्यान्समा आधारित अर्थतन्त्रबाट उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ लाग्नुपर्ने उनले बताए ।