फागुन १६,काठमाडौँ । भारतीय राज्य उत्तराखण्डको चमौलीको माणामा हिमपहिरो जाँदा सडक निर्माणमा कार्यरत ४१ जना फसेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बोर्डर रोड अर्गनाइजेसजनका ५७ जना फसेकामा १६ जनाको उद्धार भइसकेको छ । उद्धार गरिएकालाई अस्पताल लगिएको छ ।
बद्रीनाथ धामबाट ५२ किलोमिटर उत्तरमा रहेको माणा पासमा हिमपहिरो गएको हो । चमौलीका जिल्ला अधिकारी सन्दीप तिवारीले भारत–तिब्बत सीमा पुलिस(आईटीबीपी) र सेना उद्धारकार्यमा खटिएको छ । त्यस्तै राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बल पनि उद्धारमा खटिएको छ ।
जिल्ला अधिकारी तिवारीका अनुसार उत्क क्षेत्रमा अहिले पनि पानी र हिउँ परिरहेको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्यमा हेलिकप्टर उडाउन नसकिएको उनको भनाइ छ ।