• चैत्र १८ २०८१, मंगलवार

फुटबलर एन्जिलाको संघर्षमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक

फाल्गुन १६ २०८१, शुक्रबार

काठमाडौँ । फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र सङ्घर्ष देखाउन खोजिएको छ ।

काठमाडौँमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो ।

कार्यक्रममा निर्देशक चाम्सले यो चलचित्रमा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको जुन कुरा निकै गाह्रो भएको बताए । चाम्सले गैरकलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको जनाउँदै अभिनेता दयाहाङ राईलाई दुई वर्ष पर्खेर फिल्म बनाएको बताए ।

अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको पनि ठुलो फ्यान रहेको सुनाए ।
‘कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु’ राईले थपे ।

फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ ।