• फाल्गुन २९ २०८१, बिहीबार

ह्वात्तै घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

फाल्गुन १५ २०८१, बिहीबार

फागुन १५, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार (फागुन १५) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।