• फाल्गुन २८ २०८१, बुधबार

धेरै पसिना आउनुका कारण

फाल्गुन १५ २०८१, बिहीबार

शरीरमा पसिना आउनका विभिन्न कारणहरु छन् ।

वंशानुगत कारणले पनि बढी पसिना आउँछ । गर्मीमा धेरै शारीरिक श्रम गर्नु, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्नु, तेलयुक्त मसालादार खाना बराबर खानु, कब्जियत हुँदा पनि पसिना बढी आउँछ ।

यसबाहेक कुनै शारीरिक रोग भएमा जस्तैः मलेरिया, टाइफाइड, डेंगु, ज्वरो, छातिको टिबी, रगत दुषित हुनु, एनिमिया, मानसिक तनाव, चिन्ता, घबराहट, डर, भय, आघात र कडा ज्वरोको कारण पनि बढी पसिना आउँछ । अन्य कारणहरुमा- तातो पेयपदार्थ पिउनु, खैनी, गुट्खा, काँचो सुपाडी तथा नशालु पदार्थको सेवनगर्नु । यसैप्रकार शरीरिक रुपले अत्याधिक मोटोहुनु तथा थाइराइड ग्रन्थि शरीरको ईम्युनो सिस्टमको कारण बढी सक्रिय भयो भने पनि व्यक्तिलाई धैरै पसिना आउने हुन्छ ।