• फाल्गुन १४ २०८१, बुधबार

१४ औं दक्षिण एसियाली खेलकुद २०२६ जनवरीमा हुने

फाल्गुन १३ २०८१, मंगलवार

फागुन १३,काठमाडौँ । दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा गर्ने निर्णय गरेको छ । बैठक महासंघका अध्यक्ष करिब साहिदको अध्यक्षमा भएको बैठकमा महासंघका सबै सात सदस्यको सहभागिता रहेको थियो । त्यसमध्ये भारतको ओलम्पिक कमिटीका प्रतिनिधिले अनलाइनबाट सहभागिता जनाएका थिए ।

नेपालका तर्फबाट बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भाग लिएका थिए । बैठकले गरेको सर्वसम्मत निर्णयअनुसार अबको साग २०१६ को जनवरी २३ देखि ३१ सम्म आयोजना हुनेछ । प्रतियोगिता पाकिस्तानका तीन सहरमा हुनेछ । ती सहरमा लाहोर, इस्लामावाद र फैसलावाद रहेका छन् । प्रतियोगितामा कुल २७ खेल समावेश गरिएको छ । त्यसमध्ये दुई खेल आयोजक पाकिस्तानको रोजाईको रहेको छ ।

बाँकी २५ खेलमध्ये चार देशको सहभागिता रहने भने त्यसलाई हटाइनेछ । खेलमा समावेश हुने स्पर्धालाई लिएर अब आउने मार्चमा बैठक हुनेछ र अन्तिम निर्णय अप्रिलमा हुनेछ । अप्रिलमा हुने बैठकपछि टेक्निकल बुक वितरण गरिने छ । यस्तै महासंघको विधान संसोधनका लागि अध्यक्ष साहिदको नेतृत्वमा विधान संशोधन कमिटी गठन पनि भएको छ ।