काठमाडौँ । रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ । सोमबार राखिएको यस प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परे ।
६५ देशले मतदानमा सहभागिता नै जनाएनन् । रुस–युक्रेनबीच युद्ध सुरु भएयता पहिलोपटक अमेरिकाले युक्रेनविरुद्ध मतदान गरेको छ ।
प्रस्ताव समर्थन गर्नेमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपियन देश रहेका छन् । भारत र चीनले संयुक्त राष्ट्रमा भएको यो प्रस्तावमा भाग नै लिएनन् ।