• फाल्गुन १३ २०८१, मंगलवार

म तीन वर्ष प्रधानमन्त्री हुँदा असाधारण परिवर्तन भयो : ओली

फाल्गुन १३ २०८१, मंगलवार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू तीन वर्ष प्रधानमन्त्री भएका बेला असाधारण परिवर्तन भएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा बताउँदै भने, त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको हो ।

उनले विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउन दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु परेको तर्क पनि गरे । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएको बताउँदै उनले भने,केही भएको छ, अझै धेरै गर्न बाँकी छ ।

प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिले गरेका उपलब्धिहरु सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्ने बताउँदै २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि रहेको बताए । उनले आफूहरुले नेपाली बालबालिकाहरु मुस्कुराएको आफूहरले हेर्न चाहेको पनि बताए ।