• बैशाख १२ २०८२, शुक्रबार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

फाल्गुन १३ २०८१, मंगलवार

फागुन १३, काठमाडौं । रोल्पाको दक्षिणी त्रिवेणी गाउँपालिका– ६, थुम्कामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

थुम्का गाउँकी ३२ वर्षीया अस्मिता बुढामगरको हत्या गरेको अभियोगमा ४० वर्षीय श्रीमान् खिमबहादुर बुढामगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी जुगारका प्रहरी नायब निरीक्षक दिवस हिताङले जानकारी दिए ।

उनका अनुसार बेलाबेलामा श्रीमतीलाई कुटपिट गर्दै आएका खिमबहादुरले योपटक ज्यान नै लिने गरी खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, हत्याको कारण भने अझै खुलेको छैन ।