काठमाडौं । बलिदान दिवसको अवसरमा गोरखाको बारपाक सुलिकोट–८ मा यही फागुन १४ गते वैचारिक–सांस्कृतिक खुल्ला विमर्श कार्यक्रम हुने भएको छ ।
सो कार्यक्रममा नन्दबहादुर पुन (पासाङ), खग्रेन्द्र संग्रौला, ईश्वरचन्द्र ज्ञवाली, हरि रोका, संगीत श्रोता, एकराज भण्डारी, डा.केशव शिलवाल, सोमत घिमिरे, तेजविलास आधिकारी, युग पाठक, राजबहादुर कुँवर, डा.राम भण्डारी, गौरी दाहाल, यादव देवकोटा, केशव कालिकोटे, देवराज गुरुङ, डा.कौशिला रिसाल, केशरी घर्ती र कर्ण विद्रोही लगायतका नेताहरु उपस्थित हुने भएका छन् ।
उक्त कार्यक्रमको साथमा विद्यालय स्तरीय ‘बलिदानको जगमा आजको परिवर्तन’ विषयक वतृत्वकला पनि हुने भएको छ । माओवादी केन्द्र लगायतका माओवादीधारका पार्टीहरुले प्रत्यक वर्षको फागुन १४ गतेका दिन बलिदान दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु गरेको र फागुन १४ गते गोरखाका बालक दीलबहादुर रम्तेलको प्रहरीद्वारा हत्या गरिएपछि सोही दिनलाई बलिदान दिवसको रुपमा मनाउने चलन चलाइएको हो । रम्तेल जनयुद्धका प्रथम सहिद हुन् ।