• फाल्गुन १३ २०८१, मंगलवार

ढुसी के हो र कसरी जोगिने ?

फाल्गुन १३ २०८१, मंगलवार

ढुसी के हो ?

ढुसी चिसो र कम आर्द्रता भएको वातावरणमा बढ्ने एक सूक्ष्म जीव हो। यो हावामार्फत् फैलन्छ।

भित्तामा कालो, सेतो वा हरियो धब्बा देखिनु घरमा ढुसी बढिरहेको सङ्केत हो। यो चिसो ठाउँमा देखिन्छ अनि गन्ध पनि आउँछ।

ढुसीबाट यसरी जोगिन सकन्छ ः

-जाडो महिनामा पनि दिनमा ३० मिनेट सबै झ्यालहरू खुला राख्नुहोस्
-घरलाई १८ डिग्री सेल्सियसको तापक्रममा राख्नुहोस्
-घरमा खास गरी बाथरूममा हावा बाहिर फ्याल्ने पङ्खा राख्नुहोस् र नुहाउँदा त्यसलाई खुला राख्नुहोस्
-घरको तापक्रम नाप्ने उपकरण किन्नुहोस् र यदि आर्द्रताको मात्रा ६० प्रतिशत नाघ्यो भने -झ्यालहरू खोल्नुहोस्
-खाना पकाउँदा भान्साको हावामा धेरै बाफ देखिन्छ। खाना पकाउँदा सधैँ झ्यालहरू खोल्नुहोस्
-मानिसहरूले आफ्नो घरमा ढुसी देखिएपछि प्रायः तुरुन्तै यसमा रासायनिक पदार्थ छर्किन्छन्। कोल्गन यसो नगर्न सुझाउँछन् किनभने यसले स्थिति अझै खराब पार्न सक्छ