• फाल्गुन १३ २०८१, मंगलवार

देउवाका प्रिय पात्र शरद ओझा बने बीमा प्राधिकरणको अध्यक्ष

फाल्गुन १३ २०८१, मंगलवार

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

बीमा प्राधिकरण नेपाली बीमा क्षेत्रको नियामक निकाय हो । पत्रकारिता र कानुन व्यवसाय पृष्ठभूमिका ओझासँग कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका ओझाले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञको रुपमा काम गरेका छन् । प्राध्यापनमा समेत रहेका उनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
यसैबीच ओझाले अध्यक्ष नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै प्राधिकरणलाई राम्रो बनाउने बताएका छन् ।

नियुक्त भएपछि उनले भने, ‘सम्माननीय प्रधानमन्त्री, मन्त्री र मन्त्रिपरिषदका सबै सदस्यलाई जिम्मेवारी दिनु भएकोमा धन्यवाद। प्राधिकरणलाई राम्रो बनाउने प्रयास हुनेछ ।’

यसअघि ओझासहित सरकारका पूर्वसचिव रामशरण पुडासैनी र दामोदर बसौला सर्टलिस्टमा सिफारिस भएका थिए ।