• फाल्गुन १३ २०८१, मंगलवार

साढे ५ लाख औषधिजन्य लागुऔषधसहित २ जना पक्राउ

फाल्गुन १२ २०८१, सोमबार

१२ फागुन, काठमाडौं । साढे पाँच लाखभन्दा बढी औषधिजन्य लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुकरा ३३ वर्षीय सुधिर लामिछाने र पर्साका ३८ वर्षीय साइमन बनवारी छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले ट्रामाडोलसहित पक्राउ गरेको हो ।

लामिछानेबाट ३० हजार क्याम्पसुल ट्रामाडोल र बनवारीबाट ५ लाख ३४ हजार १ सय क्याम्पसुल गरी ५ लाख ६४ हजार १ सय क्याम्पसुल ट्रामाडोल बरामद भएको थियो ।

टोखामा गोदाम नै राखेर लागु औषधको रुपमा ट्रामाडोल बिक्रि वितरण भएको पाइएपछि पक्राउ गरिएको ब्यूरोका एसपी नारायण अधिकारीले बताए ।