• फाल्गुन २८ २०८१, बुधबार

विभिन्न ठाउँबाट आउन थाले नागाबाबा, जन्तीसहित गरे पशुपतिनाथ मन्दिर प्रवेश

फाल्गुन १२ २०८१, सोमबार

फागुन १२, काठमाडौं । महाशिवरात्रि नजिकिएसँगै नेपालका विभिन्न ठाउँका अलावा भारतबाट नागाबाबा काठमाडौं आउन थालेका छन् । आज नागाबाबाहरू जन्तीसहित काठमाडौं आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरे ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौंस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरू आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिका लागि व्यावस्थापन कार्यलाई तिव्रता दिएको छ ।