काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीले खुला प्रतिस्पर्धामार्फत् पदपूर्ति गर्ने गरी दरखास्त खुलाएको हो । इच्छुक र योग्य नेपालीले यही फागुन १८ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन
तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिनु पर्नेछ । साथै, आवेदनमा गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत पेश गर्न आग्रहसमेत गरिएको छ ।