पिसाबलाई सन्तुलनमा राख्न पानीको मात्रा बढाउने, दिनको कम्तीमा पनि साढे दुई लिटर पानी खाने, खानपानमा अक्सलेट भएका खानेकुरा कम खाने गर्नुपर्छ ।
युरिक एसिड भएकाहरुमा माछामासु र गेडागुडी बढी खाँदा पत्थरी गराउने सम्भावना हुन्छ । चिकित्सकको सल्लाहबिना भिटामिन डी सप्लिमेन्ट पनि खान हुँदैन । नियमित व्यायामले रक्तचाप र शरीरको तौललाई नियन्त्रण गर्छ, जसले पत्थरीको जोखिम कम गर्छ ।