• फाल्गुन २८ २०८१, बुधबार

आजदेखि माओवादी केन्द्रको ‘तराई मधेश जागरण अभियान’ सुरु

फाल्गुन १२ २०८१, सोमबार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु गर्दैछ । झापाको कचनकवलबाट सुरु हुने अभियान चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको छ ।

अभियान सुरु गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ ।

‘तराई–मधेस जागरण अभियान टोलीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायत छन् । माओवादीको जिल्ला र प्रदेशका नेताहरु पनि रहने छन् ।

माओवादीले आफ्नो पार्टी जनतासँग टाढा भएको भन्दै अब जनतासँग जोडिने गरि कार्यक्रम गर्ने भन्दै अभियान संचालन गर्न लागेको बताएको छ ।

अभियानका क्रममा सरकारले गरेका गलत कामको विरोध गर्ने, जनतालाई सचेत बनाउने, आफू सरकारमा हुँदा गरेका राम्रा काम जनतासमक्ष लैजाने माओवादी केन्द्रको तयारी छ ।