• फाल्गुन १२ २०८१, सोमबार

म्यानमारसँग नेपालको रोमाञ्चक बराबरी

फाल्गुन ११ २०८१, आईतवार

फालगुन ११, काठमाडौँ । नेपालले फोर नेसन्स कपको अन्तिम लिग खेलमा आइतबार म्यानमारसँग रोमाञ्चक २–२ को बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले दुईपल्ट पछाडि रहेको स्थिति उल्टाएर बराबरी खेलेको हो । यो नतिजापछि दुवै टिम अपराजित हुँदै समान ७र७ अंकमा रहे । गोल अन्तरले म्यानमार नेपालभन्दा अगाडि रह्यो ।

म्यानमारले छैटौं मिनेटमा पहिलो मिनेटमा पहिलो गोल गरेको थियो । म्याट नोइ खिनले फ्रि किकबाट यो गोल गरेकी हुन् । त्यसपछि सविता रानागमरले ११ औं मिनेटमा बराबरी गोल फर्काइन् । सावित्रा भण्डारीले सिर्जना गरेको अवसरमा उनले सजिलै गोल गरेकी हुन् । म्यानमारले १६ औं मिनेटमा फेरि अग्रता लिएको थियो ।

मे हिट लु नेपाली डिफेन्सले क्लियर गर्न नसकेको स्थितिमा गोल गरेकी हुन् । सावित्राले ४० औं मिनेटमा नेपालका लागि गोल गरिन् र खेल फेरि बराबरी भएको थियो । यसका लागि प्रीति लिम्बूले पास उपलब्ध गराएकी थिइन् ।

म्यानमारविरुद्ध नेपालको यो पाँचौ खेल हो र यसमा तीन हार तथा दुई बराबरी भएका छन् । अब बुधबार हुने फाइनलमा नेपाल र म्यानमार भिड्ने छन् । आइतबारको पहिलो खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले हराएको थियो ।