काठमाडौं । क्रिप्टोकरेन्सीको क्षेत्रमा काम गर्ने कम्पनी बाइबिटले ह्याकरले १.५ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) चोरेको जानकारी दिएको छ ।
यो क्रिप्टोकरेन्सी बजारको इतिहासमा सबैभन्दा ठूलो चोरी हुनसक्छ । दुबईस्थित कम्पनी बाइबिटका संस्थापकले प्रयोगकर्तालाई उनीहरूको कोष ‘सुरक्षित’ रहेको र पीडितको पैसा फिर्ता गर्ने बताए ।
ह्याकरले इथेरियम डिजिटल क्वाइन वालेटबाट पैसा चोरेको कम्पनीले जनाएको छ । चोरीपछि इथेरियमको मूल्य चार प्रतिशतले घटेको छ ।
यो रकम कम्पनी वा साझेदारबाट ऋण लिएर ‘कभर’ गर्न सकिने बाइबिटका संस्थापकले बताए । बीबीसीबाट ।