• फाल्गुन ११ २०८१, आईतवार

स्थानीय पहिचानका लागि एकहप्ते स्वयम्भू महोत्सव सुरु

फाल्गुन १० २०८१, शनिबार

फागुन १०,काठमाडौं । स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत वडा नं १५ को आयोजनामा एकहप्ते स्वयम्भू महोत्सव शनिबार सुरु भएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं १५ ले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचिन स्मारक प्रवद्र्धनका लागि महोत्वस आयोजना गरेको हो ।

खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका प्रमुख आकर्षकको रुपमा रहेका छन् । महोत्सवको उत्घाटन मेयर बालेन्द्र शाह (बालेन) ले गरेका हुन् ।