• फाल्गुन ११ २०८१, आईतवार

१२ औँ नेपाल लिटरेचर फेस्टिभल फागुन १५ देखि १८ सम्म पोखरामा हुने

फाल्गुन १० २०८१, शनिबार

फागुन १०, काठमाडौं । १२ औँ नेपाल लिटरेचर फेस्टिभल यही फागुन १५ देखि १८ सम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गरी फेवातालको किनारामा महोत्सव हुने जानकारी दिएको हो । फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।

सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम हुनेछन् ।

देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ ।