फागुन १० गते । कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्य अन्तर्गत गोरखपुरमा स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप वडा नम्बर ७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलावती देवी र कञ्चनरुप वडा नम्बर ५ का ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् ।
यसैगरी, सोही दुर्घटनामा सुनसरीको मधुवनको एक महिलाको पनि निधन भएको छ । उनको नाम खुल्न सकेको छैन भने कञ्चनरुप ७ का उपेन्द्रनारायण चौधरी गम्भीर घाइते हुनुभएको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।
वडाध्यक्ष चौधरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव ल्याउन दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको चौधरीले जानकारी दिनुभयो ।
घटनाबारे स्थानीयबाट थाहा पाएपनि आधिकारिक जानकारी नआएको बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले बताउनुभयो ।