• फाल्गुन १० २०८१, शनिबार

ताप्लेजुङको पाथिभरामा हिमपात

फाल्गुन १० २०८१, शनिबार

ताप्लेजुङ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

यस क्षेत्रमा यो पटक दुई फिटसम्म हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाईमा रहेको पाथिभरामा दुई फिटसम्म हिमपात भएको छ भने हिउँ माथिल्लो फेदि सम्म बाक्लो हिउँ झरेको स्थानीयको भनाई छ । माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भए सँगै चिसो पनि हृवातै बढेको स्थानीयले बताएका छन् ।