काठमाडौं, फागुन ९ । निजामती विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ ।
समितिको शुक्रबारको बैठकले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले बताए ।
यो उपसमितिले विधेयकमाथि छलफल गरी समितिलाई प्रतिवेदन दिनेछ । उपसमितिमा अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् ।
उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समय दिइएको सभापति खतिवडाले बताए ।