हात्तीपाइले लामखुट्टेको टोकाइबाट लाग्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न यी निम्न उपायहरू अपनाउनु पर्छ :
-सुत्ने बेलामा सधै झुल प्रयोग गरी सुत्ने
– पुरा बाहुला भएको लुगा र सम्पुर्ण शरीर छोप्ने लुगा लगाउने
-घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मलम लगाउने।
-लामखुट्टे भगाउने धुप बाल्ने लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने
-झ्यालढोकामा मसिनो जाली लगाउने
– गाउँ नजिकै पोखरी भएमा लामखुट्टेले फुल (लार्भा) नपारोस् भन्नाका लागि लार्भा खाने माछा पाल्ने।