• फाल्गुन १० २०८१, शनिबार

राष्ट्रपति पौडेल आज धरान आउँदै,हेलिकोप्टरबाट फुस्रेमा उत्रिने

फाल्गुन ९ २०८१, शुक्रबार

धरान । राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउँदै छन्। राष्ट्रपति पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न आउन लागेका हुन् ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरानको फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा उत्रिएर कार्यक्रम स्थल आउने ट्राफिक प्रहरीले बताएको छ । उनले धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको  छ ।

मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरिने धरान-९ का वडाध्यक्ष रुपेश आचार्यले बताए।

३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्पन्न गरिएको र  धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र  गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।