काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन् ।
आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् ।
यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरे ।
आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका बेलामा भ्रम छरेर दुःख दिने काम भएको गुनासो गरे ।
आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ती सामग्री हेरे पनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रष्ट हुने जिकिर गरेका छन् ।