• फाल्गुन ९ २०८१, शुक्रबार

आँखामा बोसो पलाउनुका कारण र उपचार

फाल्गुन ८ २०८१, बिहीबार

आँखामा बोसो पलाउनुका कारण

टेरिजियम आउनु पूर्व आँखामा अक्सर पिञ्गुईकुला देखापर्छ जसमा आँखाको नानी छेउँमा रहेको कञ्जन्टिभामा अर्थात आँखाको सेतो भागमा बोसो जस्तो पहेंलो दाग देखा पर्छ । त्यही दाग विस्तारै विस्तारै टेरिज्ममा बदलिन्छ ।

सूर्यको प्रकाशबाट निस्कने अल्ट्राभायोलट रेको विकिरणले टेरिज्मको समस्या उत्पन्न हुने गर्छ । यसबाहेक धुलो, धुवाँ, प्रदुषण लगायत आँखा सुख्खा हुने समस्याले पनि यो समस्या उत्पन्न गराउन सक्छ ।

इक्वेडर क्षेत्रमा बस्ने मानिसमा टेरिज्मको समस्या धेरै हुने गर्छ । त्यसैगरी बढी गर्मी हुने, घाममा धेरैबेर बस्ने मानिसमा यो समस्या देखिने गरेको छ ।

उपचार विधि

टेरिजियम भएमा अथवा यसले कोर्नियामा असर पारेको खण्डमा शल्यक्रिया गर्नु जरुरी हुन्छ । यसको उपचार पद्धति टेरिजिमको आकार अनुसार फरक हुन्छ । यदि टेरिजिम सानो छ भने, सामान्य आँखाको औषधि तथा आई ड्रपले पनि यो समस्या निको पार्न सकिन्छ ।

त्यस्तै, हावा तथा सूर्यका विकिरणबाट टाढा बसेको खण्डमा पनि यसलाई फैलिनबाट जोगाउन सकिन्छ । तर यदि यो फैलिने अवस्थामा छ अथवा यसले आँखामा समस्या उत्पन्न गराएको छ भने त्यो अवस्थामा यसलाई हटाउनु नै उपयुक्त हुन्छ ।

यसलाई विभिन्न तरीकाबाट हटाउन सकिन्छ । पहिले(पहिले आँखामा उत्पन्न भएको बोसोलाई काटेर यसको शल्यक्रिया गरिन्थ्यो । त्यसरी शल्यक्रिया गर्दा उक्त मासु पुनः पलाउन सक्ने संभावना रहन्छ ।

तर कञ्जन्टिभालाउटोग्राफ विधिमा शल्यक्रिया गर्दा आँखामा जमेर बसेको बोसोका पत्रलाई क्रमशः काटेर फालिन्छ । त्यसरी बोसो काट्दा आँखाको सेतो भागमा केही रिक्तता रहने हुँदा यो उपचार पद्धति अनुसार उक्त ठाउँमा आँखाको अन्य भागको कञ्जटिभालाई निकालेर त्यसैमाथि राखिन्छ । उक्त खाली भागमा एमिनियोटिक मेमबे्रन पनि राख्न सकिन्छ । उक्त ठाउँमा अर्को ठाउँको बोसो काटेर पुर्दा सो ठाउँमा पुुनः बोसो पलाउने सम्भावना ५ देखि १० प्रतिशत मात्र रहन्छ ।

हुन त टेरिजियमको सबैभन्दा राम्रो उपचार विधि भनेकै कञ्जन्टिभालाउटोग्राफ सहित गरिने एक्सिसन हो । अर्थात पलाएको मासुलाई तलैदेखि काटेर फाल्नु । विज्ञहरुका अनुसार यसरी गरिएको उपचार विधिमा यसको पुनरावृति हुने संभावना ५ देखि १५ प्रतिशत रहन्छ ।

-(डा.कर्माचार्य आँखा रोग विशेषज्ञ हुन् । उनी हाल राप्ती आँखा अस्पताल दाङमा कार्यरत छिन् )