लिबाङ । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार दुर्घटनामा टिपर चालक निजगढ–५, बारा निवासी ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।