• फाल्गुन ९ २०८१, शुक्रबार

पाँचथरको फाल्गुनन्द–३ का वडाध्यक्ष सुखविर नेम्बाङको निधन

फाल्गुन ७ २०८१, बुधबार

फागुन ७, काठमाडौं । पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष सुखविर नेम्बाङको निधन भएको छ । ४७ वर्षको उमेरमा आफ्नै निवासमा उनको निधन भएको हो ।

क्यान्सरपीडित नेम्बाङ दुई वर्षदेखि उपचाररत थिए । विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । उपचारबाट निको हुने सम्भावना कम भएपछि पछिल्लो महिना उनी घरमै थिए ।

२०७४ र २०७९ को स्थानीय तह चुनावमार्फत उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस फाल्गुनन्द गाँउ कार्यसमितिका सभापति समेत हुन् । उनको निधनले फाल्गुनन्द गाँउपालिका सहित जिल्लाको राजनीतिमा ठूलो क्षति पुगेको गाँउपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए ।

उनका श्रीमती र दुई छोरी रहेका छन् । बुधबार नै उनको पौवासारतापमा अन्तिम दाहासंस्कार गरिने परिवारले जानकारी दिएको छ ।