• फाल्गुन ९ २०८१, शुक्रबार

देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिने

फाल्गुन ६ २०८१, मंगलवार

६ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघद्वारा जारी विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको छ । संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासचिव डा।सञ्जिव तिवारीले जानकारी दिए ।