छालामा निलो दाग देखिनुका कारण यस्ता छन् ः
– कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ ।
– भिटामिन ‘के’ले रगत जमाउने काममा भूमिका खेल्छ । जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित पर्नइ जान्छ र निलो दाग देखिन सक्छ ।
– यसमा भिटामिन सी को पनि भूमिका हुन्छ । भिटामिन सी ले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँछ । त्यसैले शरीरमा भिटामिन सी को कमीबाट पनि निलो दाग देखिन सक्छ । यस्तो भिटामिनको कमी भएमा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ ।
– जिंक र आइरन जस्ता मिनरलले शरिरमा लागेका चोटलाई छोटो समयमा निको पार्ने काम गर्छ । आइरनको कमीले एनिमियाको समस्या पनि हुन सक्छ । जुन शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण पनि हो ।