फागुन ५,काठमाडौँ । झन्डै तीन वर्षको अवधिमा सहकारीबाट २८ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९र २०८० देखि २०८१र२०८२ को माघसम्म (३१ महिना) को अवधिमा २८ अर्ब ३३ करोड १४ लाख २८ हजार ७२७ रुपैयाँ ठगी भएको छ । गृह मन्त्रालयले सोमबार प्रेस ब्रिफिङ गर्दै देशभरबाट सहकारी ठगीसम्बन्धी २४२ मुद्दा परेको जनाएको छ ।
त्यस्तै यही अवधिमा सहकारी ठगीसम्बन्धी कसुरको आरोपमा ५४५ जना पक्राउ परेका छन् । मन्त्रालयका अनुसार १ हजार ७ सय ७३ जना फरार सूचीमा रहेका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९९ मुद्दा परेका छन् । त्यसमध्ये उपत्यकामा मात्र सहकारी ठगीसम्बन्धी ८२ मुद्दा परेका थिए ।
त्यस्तै कोशीमा २९, मधेशमा २७, गण्डकीमा २२, लुम्बिनीमा १३, कर्णालीमा ४, सुदूरपश्चिममा ३८ र सीआईबीमा १० मुद्दा दर्ता भएको थियो ।