• फाल्गुन ८ २०८१, बिहीबार

३१.९८ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’

फाल्गुन ५ २०८१, सोमबार

५ फागुन, काठमाडौं । वातावरण विभागले गरेको प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका छन् । चालु आर्थिक वर्ष २०८१र८२ मंसिर २० देखि माघ १० सम्म गरिएको छड्के जाँचमा काठमाडौंमा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको पाइएको हो ।

विभागले यसबीच ५ सय १९ सवारीसाधन जाँच गरेको थियो । जसमध्ये १ सय ६६ फेल भएका छन् । ३ सय ५३ मात्र पास भएका छन् । उता, काठमाडौं महानगरपालिकाले समेत पछिल्लो समय प्रदूषण जाँच बढाएको छ ।