फागुन ५,काठमाण्डौं । सविता रानामगरको क्रसमा विमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाललाई किर्गिस्तानविरुद्ध एक गोलको अग्रता ५ फागुन, काठमाडौं ।
सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा बिमला चौधरीले गरेको गोलले पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । सबिता रानामगरको क्रसमा बिमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज दिउँसो भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको छ ।