• फाल्गुन २९ २०८१, बिहीबार

देशभर झण्डै २० हजार अनुचित लेनदेनका उजुरी

फाल्गुन ५ २०८१, सोमबार

काठमाडौं । गृह मन्त्रालयले देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरीहरू अहिले पनि रहेको बताए । उनले उजुरीहरूलाई फछ्र्यौट गर्ने कुरामा मन्त्रालयले तीव्रताका साथ कम गरिरहेको जानकारी दिए ।
त्यस्तै, सहकारी ठगीका मुद्दा आ.व.०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । त्यसमा ४३ जना पक्राउ पर्नुका साथै पाँच अर्बभन्दा बढीको बिगो रकम माग दाबी गरिएको जानकारी दिए ।

सहकारी सम्बन्धी मुद्दामा ३५० जना मानिस फरार रहेको बताए । मन्त्रालयले बेरुजु फछ्र्यौटलाई शून्य बनाउन काम गरिरहेको उल्लेख गरे ।
उनले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुर्व्यसन, साइबर अपराधका घटनाहरू अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए ।