सामान्यतया छालामा आउने स–साना राता फोका डन्डिफोर हुन्।
हाम्रो छालामा तेल ग्रन्थिले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द भएर डन्डिफोर आउँछ। हर्मोनमा परिवर्तन तथा खराबी भएमा पनि डन्डिफोर आउँछ। साथै दैनिक रूपमा खाने खाना वा खराब खानपानका कारण पनि डन्डिफोर आउँछ।
अनियमित रूपमा हुने महिनावारीको कारणले महिलामा अत्यधिक मात्रामा डन्डिफोर आउने गर्छ। तनाव र अनिद्रा, उत्तेजना, क्रोध र भय हुनु र कसैलाई लामो समयसम्म कब्जियत भइराख्यो भने पनि डन्डिफोर आउँछ।