• फाल्गुन ८ २०८१, बिहीबार

पश्चिम मालीकमा सुनखानी भत्किँदा, ४८ जनाको मृत्यु

फाल्गुन ४ २०८१, आईतवार

काठमाण्डौं । पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुनखानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्येको एक हो ।

मालीका सुन उत्खनन स्थलहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् । विश्वका सबैभन्दा गरीब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले संघर्ष गरिरहेका छन् ।

पहिरोका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ, एक प्रहरी अधिकारीले भनेका छन,केही पीडितहरू पानीमा खसेका छन् । तीमध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा समेत थियो ।

स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गर्दै पीडितहरूको खोजी जारी रहेको बताएका छन् । स्रोतहरूका अनुसार शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको खानीमा भएको हो ।

जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । केयौं बेपत्ता भएका थिए । तीमध्ये धेरैजसो महिला थिए । गतवर्ष शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुनखानीको सुरुङ भत्किँदा ७० जना भन्दा बढीको ज्यान गएको थियो ।