वीरेन्द्रनगर । कर्णाली प्रदेश–मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि संकाय ग्राजुएट स्कूल अफ एग्रिकल्चर एण्ड फरेष्ट्री भन्नासाथ विश्वविद्यालयको कान्छो संकाय भन्ने याद आउँछ । यो कर्णाली प्रदेशको एक मात्र कृषि विश्व विद्यालय हो । जहाँ अर्गानिक कृषिको छुट्टै विभाग पनि छ । कर्णालीमा राम्रो सम्भावना बोकेको यो विश्वविद्यालयको भविष्य राम्रो देखिन्छ ।
कर्णालीको श्रोत र साधनलाई सदुपयोग गर्ने र विद्यार्थीहरुलाई कर्णाली प्रदेश सरकारले अनुसन्धान र सर्भेमा सदुपयोग गर्न सके विद्यार्थीहरुको आए स्रोत पनि हुने र सिक्न पनि पाउने हुन्छ । जसले कर्णालीको समृद्धिको यात्रा तय गर्न सजिलो हुन्छ ।
यो कृषि संकाय सुरू भएको ४ वर्ष भएको छ । पहिलो, दोस्रो, तेश्रो र चौथो ब्याच गरी हाल १८३ जना विद्यार्थी अध्यनरत र ३७ जिल्लाका विद्यार्थीहरू पढ्ने गर्दछन् । मध्यपश्चिम विश्वविद्यालय ग्राजुएट स्कूल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री रामघाट र बायोकर्णाली एरोमा प्रालि सुर्खेतको संयुक्त आयोजना र मिडिया पार्टनर कर्णाली मिडियासँग विएस्सीएजी चौथो सेमेष्टरमा अध्यनरत विद्यार्थीहरुलाई औषधीय एवम् सुगन्धित जडिबुटीहरुको स्थलगत अध्ययन गराउन आयोजना गरिएको १ दिने जडीबुटी पदयात्रा दैलेखको गुराँस गाउँपालिकाको सिद्ध पाइला डाँडा गएको थियो ।
हिजो शनिबार भए पनि विद्यार्थीहरुले आफूले पढ्ने विषय अन्तर्गत रहेर बुझ्न सजिलो हुने र पछि जीवनमा काम लाग्ने, त्यहि क्षेत्रमा केही गर्न सजिलो होस् भन्ने हेतुले हिजो औषधीय तथा सुगन्धित बिरुवाको उत्पादन भन्ने विषयको शैक्षिक भ्रमण थियो । जसबाट विद्यार्थीहरुले पनि औषधिजन्य जडिबुटी चिन्न सकुन् भन्ने उद्देश्य थियो ।
‘जडीबुटी पदयात्रा गर्नुहोस् र जडीबुटीहरूको बारेमा जान्नुहोस्’ भन्ने मुल नाराका साथ जडिबुटी पदयात्रा तय गरेको हो ।
सुर्खेत वीरेन्द्रनगर आएपछि हाम्रो संकायको विभाग प्रमुखले पनि एउटा विषय डेरी साइन्स एण्ड टेकनोलोजी विषय डा.विमललाल कर्ण सरले आफैले पढाउनु हुन्छ ।
संकायको विभाग प्रमुख भए पनि आफूले सोचेको जस्तो भौतिक र प्रयोगात्मक कुरामा संकायमा बनाउन नसके पनि बाहिर लगेर विद्यार्थीलाई सिकाउनु पर्छ भनेर सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्र भित्र रहेको रारा डेरी उद्योगमा लगेर आफूले सिकाउनु पर्ने र विषयमा भएको दुधको प्रशोधन प्रकृयाको बारेमा सबै देखेर सिक्न पाएका छौं ।
यसैगरि कृषि संकायको कार्यक्रम संयोजक सर धिरेन्द्रमान थापा भन्नुहुन्छ,‘विद्यार्थीहरूले केही सिकाउन र विद्यार्थीहरु पनि सिक्ने चासो राखेकाले बस व्यवस्था पनि गर्न निकै गाह्रो छ, हामी नयाँ छौं, स्रोत साधन छैन, बस इन्जिनियरिङ संकायको माग्नु पर्यो । अब शनिबारको मौका पारेर बस मागेको बस पाउन पनि साह्रै दुःख भयो । आफ्नै संकायको भएको भए आज विद्यार्थीहरुलाई धेरै ठाउँ भ्रमण र सिकाउन सकिन्थ्यो । विद्यार्थीहरु पनि सिक्ने चासो राख्नु हुन्छ, हाम्रो संकाय परिवारको तर्फवाट विद्यार्थीको चासोलाई पूरा गर्न हामी संकायका परिवार सधै लागि पर्ने छौं ।’
निवर्तमान कृषि संकायको संयोग डा.करणसिंह धामी र बागवानी बिषय पनि पढाउनु हुन्छ । उहाँ पनि आफ्नो विद्यार्थीहरुले भविष्यमा कुनै दुःख नहोस् हामी गुरु भएको नाताले सजिलो र सहजीकरण गरेर विद्यार्थीहरुलाई अगाडि बढाउनु पर्छ भन्नुहुन्छ । यसैगरी आजको भ्रमणको मुख्या विषय पढाउने राजेन्द्र विष्ट सर हुनुन्छ, उहाँको आफ्नै पहिचान छ । उहाँलाई कर्णालीको कान्छो वैज्ञानिक भनेर पनि चिन्छन् ।
उहाँको आफ्नै उद्योग छ, बायोकर्णाली एरोमा प्रालि सुर्खेतमा छ । यहाँ विभिन्न सुगन्ध दिने र औषधिको रुपमा प्रयोग गर्न सकिने जस्तै : अमला पाउडर, तुलसी पाउडर, हर्रो पाउडर, रोजमेरी, आरोग्य हर्बल चिया, हिबिकस्स पाउडर, मर्निङ पाउडर, पेपर मिट, र चर्पी सफा गर्ने फिनाइल, साइन्स ल्याबमा प्रयोग गर्दै धेरै जस्ता समान पनि उत्पादन हुन्छ ।
उहाँ भन्नुहुन्छ,‘औषधीय तथा सुगन्धित बिरुवाको उत्पादन चौथो सेमेष्टरमा अध्यनरत विधार्थीहरुलाई औषधीय एवम् सुगन्धित जडिबुटीहरुको स्थलगत अध्ययन गर्न सजिलो हुन्छ । हामी विद्यार्थीहरु विभिन्न जिल्लाका साथीहरु केही तराई, पहाड र हिमालबाट आएका साथीहरुको आआफ्नो अनुभव र जहिले कक्षा कोठामा बोर्ड, ब्रोजेक्टरबाट पढिरहेका तराईका साथीहरूले साथीहरुसँग हिँड्दा गाह्रो भए पनि रमाइलो गर्दै केही सिक्दै एक दिनको जडीबुटी पदयात्रा फलदायी भएको छ । राज्यलाई पनि अब प्राविधिक शिक्षालाई अझै उत्पादक र रोजगारमा जोड्नु पर्छ । विश्वविद्यालयलाई नेपाल सरकाले पनि मागे अनुसारको बजेट व्यवस्थापन गर्नुपर्दछ । म एक विद्यार्थी पनि हो र मेरो अनुरोध र आग्रह गर्छु कि कुलपति, उप–कुलपति, रजिष्ट्रार र कृषि संकायलाई सौतेनी व्यबहार गरिएको छ । हामीलाई बजेट र आवश्यकता अनुसार उपलब्ध हुनुपर्छ हाम्रो कृषि संकायमा । देशको अर्थतन्त्र अगाडि बढाउन कृषि नै अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रलाई सरकारलाई राम्रोसँग पालनपोषण गर्नुपर्छ ।’