• बैशाख १७ २०८२, बुधबार

मःम पसलमा ग्यास विस्फोट:  थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो अन्यको उपचार जारी

फाल्गुन ४ २०८१, आईतवार

काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा थप एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको काठमाडौं जिल्ला परिसरले जनाएको छ । उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो । ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी-७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो भने अन्य घाइतेको उपचार जारी छ ।