बर्दिवास । भोजपुरी गीत ‘दे दन प्यार गोरी’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा चर्चित कलाकार सागर लम्साल (बले) र शिल्पा पोखरेलले अभिनय गरेका छन् ।
रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाजमा रहेको यस गीतका शब्द तथा संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् भने भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् ।
गीतको निर्माण नीरकुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् भने एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद भारतले गरेका हुन् । कोरसमा शशी झा र उनका साथीहरूको आवाज सुन्न सकिन्छ ।
रुद्रसेन क्रिएसन प्रालिको प्रस्तुति रहेको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन डेको अवसरमा रिलिज गरिएको यो गीतले प्रेमील जोडीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत रुद्रसेन क्रिएसन प्रालिको युट्युब च्यानलमा उपलब्ध छ ।