• फाल्गुन ७ २०८१, बुधबार

चिनियाँ टोलीसितको खेलमा नेपाली खेलाडी आशिष लामाको खुट्टा भाँचियो

फाल्गुन ३ २०८१, शनिबार

काठमाडाै‌ । नेपाली युवा टोलीका मिडफिल्डर आशिष लामा गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीको खेलाडीको ट्याकलमा परेका थिए ।

उनको तीन ठाउँमा खुट्टा भाँचिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । ३७औं मिनेटमा उनी घाइते भएपछि मुख्य प्रशिक्षकले ओमप्रकाश चौधरीलाई मैदान प्रवेश गराएका थिए ।

तत्काल आशिषलाई स्टार हस्पिटल पुर्‍याइएको थियो । तर उनलाई मेडिसिटीमा भर्ना गर्ने तयारी भइरहेको छ । नेपालले चिनियाँ नयाँ वर्षको अवसरमा मैत्रीपूर्ण खेल खेलेको हो । खेलमा नेपाल २–० ले पराजित भयो ।