• फाल्गुन ४ २०८१, आईतवार

अध्यादेश दुवै सदनबाट पारित हुने सत्तारुढ दलहरुको दाबी

फाल्गुन ३ २०८१, शनिबार

काठमाडौं । सत्तारुढ दलको बैठकमा सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गर्ने विषयमा छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा संलग्न शीर्ष नेताको बैठकमा अध्यादेश स्वीकृत गराउन सबै सकारात्मक रहेको रमेश लेखकले जानकारी दिए ।

गृहमन्त्री समेत रहेका लेखकले सदनबाट अब अध्यादेश पास गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए । ‘बैठकमा सहभागी सबै नेता सकारात्मक हुनुहुन्छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादव बाहिर रहेकाले उहाँहरुसँग टेलिफोनमा कुरा भएको छ । उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । अब दुवै सदनबाट अध्यादेश स्वीकृत हुन्छ ।’
उनले भने, ‘सम्भवत २/३ दिनमा हुन्छ । राष्ट्रिय सभा ६ गते छ । सायद त्यहि दिन संसदमा पेश हुने र पारित हुनेछ ।’
उनले संविधान संशोधन गर्न तुरुन्तै कार्यदल बनाइने जानकारी गराए । उनले कार्यदल बनाउने निर्णय भइसकेकाले अब चरणबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गरे । दुई दलले कार्य प्रारम्भ गर्ने र अन्य दललाई पनि साथमा लिएर अगाडि बढ्ने उनको भनाई छ ।

उनले भने, ‘१० वर्ष संविधान कार्यन्वयनका क्रममा देखिएका सबल र दुर्बल पक्ष अध्ययन हु्‌न्छ । कहाँ–कहाँ परिमार्जनक आवश्यक छ, त्यो हेर्ने । अन्य दलसँग छलफल गर्ने र त्यसपश्चात मात्र संविधान संशोधन हुने प्रक्रिया अगाडि बढ्छ ।’
उनले एकीकृत समाजवादीसँग छलफल नभएको जानकारी दिए ।