• फाल्गुन ३ २०८१, शनिबार

शनिबार रिहा हुने इजरायली बन्धकहरूको नाम सार्वजनिक भएपछि ट्रम्पले के भने ?

फाल्गुन ३ २०८१, शनिबार

फागुन ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकलाई रिहा नगरे युद्धविराम अन्त्य गर्नुपर्ने चेतावनी दिएका छन् ।

हमासले प्यालेस्टिनी कैदीहरूको बदलामा शनिबार रिहा गरिने तीन इजरायली बन्धकहरूको नाम सार्वजनिक गरेको छ । यो सूची सार्वजनिक भएपछि ट्रम्पले भने, ‘भोलि १२ बजे के हुनेछ, मलाई थाहा छैन । तर, म धेरै कडा अडान लिनेछु । इजरायलले के गर्नेछ, त्यसमा भर पर्नेछ ।’

आफूले कस्तो निर्णय लिने त्यो बेन्जामिन नेतन्याहूले के गर्ने काममा भरपर्ने ट्रम्पको भनाइ छ । ट्रम्पले हमास पूर्णरूपमा परिवर्तन भएको आफूले अपेक्षा गरेको बताएका छन् ।

यसअघि हमासले इजरायलमाथि युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो । बन्धकहरूको रिहाइमा रोक लगाएको बताएको थियो । हमासको यो भनाइपछि अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायलले कडा चेतावनी दिएका थिए ।

ट्रम्पले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकहरूलाई रिहा नभए भने युद्धविराम अन्त्य गर्नुपर्ने बताएका थिए । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा अर्को युद्धको चेतावनी दिएका छन् ।