फागुन २, काठमाडौं । बाराको एक सुधार केन्द्रमा राखिएका युवकको गए राति ९फागुन १० मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक ९एसपी० सन्तोष तामाङले जानकारी दिए ।
महतोको शव शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान थालिएको एसपी तामाङले बताए ।
मृत फेला परेका महतो कलैया–९, रामपुरका स्थानीय हुन् । उनको शव पोस्टमार्टमका निम्ति प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको परिचय प्रहरीले खुलाएको छैन ।