काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् प्रेम दिवस ‘भ्यालेन्टाइन्स डे’ । विशेषगरि यो पुवा पुस्तामा निकै लोकप्रिय बन्दै गएको यो दिनलाई माया नै मायाको पर्व पनि भनिन्छ । पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता मनाउन थालिएको छ ।
किंवदन्ती हेर्दा ‘एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए ।
त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’ मनाइन्छ ।’ मूलधारका इतिहासकारले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादुर्भावको रूपमा लिन्छन् ।