• फाल्गुन २ २०८१, शुक्रबार

अमेरिका पठाउने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

फाल्गुन १ २०८१, बिहीबार

१ फागुन, काठमाडौं । अमेरिका पठाउने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ का ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषाको विदेह नगरपालिका–५ का २९ वर्षीय विशाल ठाकुर छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै उनीहरूले दुई जनाबाट २१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।